नयाँ पुस्तालाई नयाँ तरिकाले पढाउनुपर्छ भन्ने मान्यताका साथ ‘ड्रिम्स सानो संसार स्कूल’ शिक्षा क्षेत्रमा सेवारत छ ।
पछिल्लो समयको पुस्ताहरुलाई नयाँ स्रोत र साधनसहितको शिक्षा दिने उद्देश्यसहित ड्रिम्स सानो संसार स्कूल वि.सं. २०७१ सालमा स्थापना गरिएको हो ।
डे केयर, प्ले गुप्र, नर्सरी, जुनियर के.जी र सिनियर के.जी गरि पाँचवटा कक्षाहरु सञ्चालन भइरहेका छन् ।
प्रयोगात्मक शिक्षालाई प्रथमिकतामा राख्दै आधुनिक सामाग्रीका साथ शैक्षिक कार्यक्रम अघि बढाइरहेको यो स्कुलले असल र सक्षम नागरिक उत्पादनमा मद्दत गरिरहेको छ ।
तीन महिना माथिका उमेर समुहका बच्चाहरुको विशेष हेरचाह र उनीहरुको भिन्न क्षमतालाई पहिचान गर्दै उनीहरुलाई त्यही अनुसारको विकासमा मद्दत गर्न स्कूल सफल भएको छ ।
पाठ्यक्रममा आधारित भई आधुनिक र वैज्ञानिक ढंगले नानीहरुको पठन–पाठन गराउने यो स्कुलको व्यवस्थापक समिति, संस्थापक, शिक्षक र कर्मचारीहरु विद्यार्थीको उचित शिक्षादिक्षा र समग्र विकासमा समर्पित छन् ।
शिक्षकहरुको प्रयास र बच्चाहरुको राम्रो हेरचाहको कारण स्थापनाको छोटो समयमा पनि यस स्कूलले काठमाडौंको जय बागेश्वरीमा आफूलाई अब्वल प्रि–स्कूलको रुपमा स्थापित गरेको छ ।
सानो नानीहरुलाई थप क्षमतावान् र उर्जावान बनाउन स्कूलले नयाँ प्रविधिको प्रयोग, सिकाई सामाग्री, सिर्जनात्मक पाठ्यक्रम, आवश्यक हेरचाह र पारिवारिक वातावरण साथै खेलकुद सुविध र अतिरिक्त कार्यक्रमहरु ड्रिम्स सानो संसार स्कूलले सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी, व्यस्त अभिभावको मर्मलाई ख्यालमा राख्दै बिहान ८ बजेदेखि बेलूका ६ बजेसम्म नानीहरुलाई स्कूलमै राख्ने प्रबन्ध मिलाइएको प्रिन्सिपल वर्षा बर्जाचार्य बताउँछिन् ।
कोर्स बुकका अतिरिक्त सिकाई प्रक्रिया चाहिने सबै किसिमका सामानहरु जस्तै कापी, कलम, किताब, रंगहरु, कलरिङका समान, स्टोरी बुकहरु पनि स्कुलले उपलब्ध गराउने गरिएको छ । शारिरीक विकासको लागि बालरुम, खेल्ने चौर, भावनात्मक विकासको लागि गुडिया कोठा, श्रव्य–दृश्य कोठा, यातायात, संगीत र नृत्य कक्षा आदि यहाँका अरु विषेशताहरुमा पर्दछन् ।
कम शुल्कमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र राम्रो सुविधा उपलब्ध गराउनु यस स्कूलको मुख्य लक्ष्य हो ।
स्कुल बालबालिकाको पहिलो पाठशाला भएका कारण स्कुलमा अत्ति उच्च आदरका शब्दहरु प्रयोग गराइन्छ । हरेक वर्ष भर्ना हुन आउने नयाँ विद्यार्थीको सहजताको लागि विद्यालयले नयाँ र पुराना विद्यार्थीहरुबीच अन्तक्रिया, खेल, अतिरिक्त क्रियाकलाप गराउँदै आएको छ ।
संस्कारसहितको शिक्षा दिने भएका कारण पनि संस्कारी बाबुआमाको पहिलो रोजाईमा यो विद्यालय परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया