कांग्रेसबाट जितेकी एक मात्र महिला उम्मेदवार बासना थापाको चुनाव खर्च कति ?

लोकपथ
196
Shares

काठमाडौं । दैलेख क्षेत्र नं १ बाट निर्वाचित बासना थापाले आफ्नो चुनावी खर्च विवरण बुझाएकी छन् ।

नेपाली कांग्रेसबाट महिलामा निर्वाचित एकमात्र सांसद थापाले फागुन २१ को निर्वाचनमा १४ लाख रकम खर्च गरेको बताएकी छन् ।

थापाले १४ लाख ८९ हजार ९ सय ५५ रुपैयाँ खर्च गरेको बताइन् । उनले मनोनयन दर्ता शुल्क ५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च ५३ हजार १ सय रहेको छ । त्यस्तै प्रचारप्रसार सामग्री तथा ब्यानरको लागि २५ हजार ५ रुपैयाँ रहेको छ ।

यता नमुना मतपत्रका लागि ९५ हजार, एफएमबाट प्रचारका लागि ४० हजार, झण्डा तथा प्रचार सामग्रीका लागि ३५ हजार ५ सय ५० रहेको छ । सवारी साधन इन्धन खर्च ३ लाख ९२ हजार तथा वडामा बुथ खर्च ६ लाख ९० हजार रुपैयाँ खर्च गरिएको उनले उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?