बल्ल अहिले आएर सबैलाई एमसीसी राम्रो रहेछ भन्ने थाहा भयो : देउवा

लोकपथ
791
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आएर मात्रै आम जनतामा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को फाइदाका बारेमा जानकारी भएको बताएका छन् ।

बुधबार नेपाली कांग्रेसले आयोजना गरेको वैदेशिक सहयोगको अर्थ–राजनीतिक विषयक संवाद गोष्ठी’ लाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

वैदेशिक लगानीका रुपमा आएको एमसीसीमा पहिले सबैले विरोध गरेका कारण संसद्बाट समेत पास गर्न अप्ठेरो परेको स्मरण गरे । साथै अहिले त्यसले कुनै बेफाइदा नगरेको र नेपाललाई राम्रो नै गरेको उनले बताए । साथै अहिले आएर मात्रै आम मान्छेहरुलाई एमसीसीले राम्रो गरेको भन्ने विषय थाहा भएको बताए ।

‘एमसीसी पास गर्ने बेलामा अमेरिकी राजदूतले आएर मलाई धेरै पहिलेदेखिका लिष्टहरु देखाउनुभयो, जुन मलाई थाहा पनि थिएन । उहाँले मलाई त्यसबारे बुझ्न एकजना मन्त्री पठाइदिनु भन्नुभयो र मैले सोधेँ उहाँले एमसीसी ठिक भन्नुभयो नेपाललाई फाइदा हुन्छ भन्नुभयो । पछि गएर नेपाललाई फाइदा हुन्छ भनेपछि हाम्रा ज्ञानेन्द्र बहादुर कार्कीजीले सहीछाप गरेर आउनुभयो । धेरै ठूलो विरोध भयो र पार्लियामेन्टमा पास गराउन पनि धेरै गाह्रो भएको थियो । अहिले सबैलाई थाहा भयो कि त्यो राम्रो रहेछ भनेर । नेपाललाई फाइदै गरेको छ हानी गरेको छैन,’ उनले भने ।

भारत र चीन जस्ता ठूला शक्ति राष्ट्रहरुको बिचमा रहेका कारण नेपालमा राम्रो वा नराम्रो दुवै प्रभावहरु पर्ने समेत उनले बताए ।

त्यसैगरी नेपाल जस्तो विकाशशील मुलुकले विकासका लागि विभिन्न वैदेशिक लगानीहरु भित्र्याउनुपर्नेमा जोड दिए । साथै आगामी दिनमा एडीबी लगायतका निकायहरुसँग अनुदान सम्झौता गरेर काम गर्नुपर्नेमा समेत सभापति देउवाको जोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?