काठमाडौं महानगरपालिकाका पूर्वमेयर सिंहको निधन

काठमाडौंको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा

लोकपथ
336
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । उनको आज सोमबार बिहान ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए । गतवर्ष मात्रै उनो पेटको शल्यक्रिया गरिएको थियो। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज सोमबार बिहान ११ बजेसम्म चक्सिबारीस्थित निवासमा राखिने छ । त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

उनी बहुदलपछि तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो मेयर थिए । उनैले काठमाडौंलाई महानगर बनाउन भूमिका समेत खेलेका थिए । २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
यसैबीच, काठमाडौं महानगरपालिकाले पूर्व मेयर सिंहको निधनमा आज शोक बिदा दिएको छ ।

कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?