सिनामंगलमा मृत भेटिएका दम्पतीले क्यानडाबाट नेपाल आएको जानकारी परिवारलाई नदिएको खुलासा

लोकपथ
1.7k
Shares

काठमाडौं । काठमाडौको सिनामंगलस्थित जन्मभूमि होटलमा मृत फेला परेका माझी दम्पती क्यानडाबाट नेपाल फर्किएको कुरा उनको परिवारलाई थाहा नै नभएको प्रहरीले जानकारी दिएको छ । सुनसरी घर भएका ३४ वर्षीय रमेश माझी र उनकी श्रीमती २९ वर्षीया शर्मिलाकुमारी माझी होटल जन्मभूमिको कोठा नम्बर १२० मा एउटै पासोमा मृत भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा यो तथ्य बाहिरिएको हो ।

मृतकका बुबाआमाले छोराबुहारी नेपाल आएको बारेमा आफूलाई कुनै जानकारी नै नभएको जानकारी प्रहरीलाई दिएका छन् । प्रहरीका अनुसार, मृतकका परिवार काठमाडौं आउँदै छन् । दुवै जनाको शव भने पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनीहरू सो होटलमा हिजो पौने ७ बजे पुगेका थिए । र, चौथो तलाको १२० नम्बर कोठामा बसेका थिए ।

काठमाडौं परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार, उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । उनीहरु दुई वर्षपछि नेपाल फर्केको पनि खुलेको छ । केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?