रेड पाण्डाको छालासहित एक जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थानसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेका छन् ।

प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त छालासहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?