माओवादीको निष्कर्ष : ‘उपसभामुखबाट गल्ती भएकै हो, तर हटाउन खोजे प्रतिवाद गर्छौँ’

लोकपथ
329
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजिएकोबारे आपत्ति जनाएको छ ।

आज बसेको संसदीय दलको बैठकमा उपसभामुखलाई सत्ता गठबन्धनले हटाउन लागेको विषयमा छलफल भएको थियो ।

बैठकपछि बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई हटाउने कुरा आउने बित्तिकै आफूहरुले सशक्त प्रतिवाद गर्ने निर्णय भएको बताए । त्यस्तै उपसभामुखले पनि आफ्नो पदीय मर्यादा भुलेर लेटरहेड प्रयोग गरेको निष्कर्ष माओवादीको बैठकले निकालेको छ ।

‘उपसभामुखको विषयमा हामीले कुरा आउनेबित्तिकै सशक्त ढंगले प्रतिवाद गरेकै छौँ,’ उनले भने, ‘उपसभामुखबाट केही कमजोरी भएकै लाग्छ हामीलाई पनि । सम्मानित पदमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार गर्नेपर्छ ।’

त्यस्तै आजको बैठकमा माओवादीको १०वर्षे सशस्त्र द्वन्द्वलाई होच्याउने गरी संसद्मा आवाज उठिरहेको भन्दै त्यसमा प्रतिवादन गर्ने निर्णय भएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?