सेवाग्राहीसँग लिएको साढे चारलाख रुपैयाँ घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजनालाई साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार वडाअध्यक्ष र वडासचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याउँदा उनीहरुलाई रकमसहित रंगेहात पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?