काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र द्वन्द्वलाई हिंसात्मक द्वन्द्व भनिएकोप्रति कटाक्ष गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सो आपत्ति जनाएका हुन् ।
०५२ सालदेखि ०६२/०६३ सालसम्म चलेको द्वन्द्वलाई माओवादी आन्दोलन नभनिएकोप्रति कटाक्ष गरे । यसअघिका विभिन्न दस्तावेज र संविधानमा समेत माओवादी आन्दोलन लेखिएको स्मरण गराए ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकका विषयको छलफलमा भाग लिँदै उनले नेपाल शान्तिको बाटोमा गएकोप्रति खुसी व्यक्त गरे । साथै उक्त विधेयक पारित भएपछि नेपालले विश्वलाई नै शान्ति स्थापनाको मामलामा नयाँ संकेत दिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया