खाना निल्न बच्चालाई किन हुन्छ समस्या ?

लोकपथ
2.3k
Shares

काठमाडौं । बच्चाहरु प्राय खानेकुरा खानलाई आनाकानी गर्ने गर्छन् । यस्तो अवस्थामा अभिभावक भने उनीहरुलाई विभिन्न प्रकारको पौष्टिक आहार खुवाउने कोसिस गर्ने गर्छन् । प्राय जसो बालबालिका खाने कुराहरु खुवाउँदा मुखबाट बाहिर निकाल्ने र थुक्ने गर्छन् । तर हामी त्यसलाई बच्चाको बाहाना सम्झेर नजरअन्दाज गर्छौँ । । यदि तपाइको बच्चा बारम्बार खानेकुरा निल्नुको सट्टा मुखबाट बाहिर फाल्ने गर्छन् भने यो डिसफेजिया को समस्या पनि हुन सक्छ ।

के हो खाना निल्न समस्या हुने डिसफेजिया ?
डिसफेजिया खान निल्नमा हुने एक प्रकारको समस्या हो । यो अवस्था तब हुन्छ जब खाना वा तरल पदार्थ निल्दा बच्चाको मुखबाट घाँटी, अन्ननली र पेटमा सजिलैसँग सर्दैन । यो अवस्थामा बच्चाले खाना खाँदा वा खुवाउँदा बाहिर निकाल्ने र थुक्ने गर्छन् ।

डिसफेजिया समस्याका कारणहरु
न्यूरोलोजिकल डिसअर्डर

न्यूरोलोजिकल डिसअर्डर बच्चाहरुमा डिसफेजियाको मुख्य कारण हुन सक्छ । सेरेब्रल पाल्सी, मस्कुलर डिस्ट्राफी र मस्तिष्कको चोट जस्तो अवस्थामा खाना निल्नमा सहयोग गर्ने मांसपशीहरु र नशा खराब हुन सक्छ । जस्तै सेरेब्रल पाल्सीले मुख र घाँटीको मांसपेशीमा ऐठन वा कमजोरी निम्त्याउन सक्छ ।
जन्मजात नै विकार हुनु

कुनै कुनै बच्चामा जन्मजात नै डिसफेजियाको समस्या हुन सक्छ । यसमा ट्रेकोओसोफेजियल फिस्टुला र एसोफेजियल एट्रेसिया जस्ता विकार रहेका हुन्छन् । यस्ता समस्याका कारण बच्चालाई खाना निल्दा समस्या हुन सक्छ ।

ग्याष्ट्रोइसफेजल रिफ्लेक्स डिजिज (जीइआरडी)
जीइआरडीको कारणले बच्चालाई खाना निल्दा समस्या हुन सक्छ । यस्तो अवस्थामा पेटको एसिड बारम्बार खाना नालीमा प्रवेश गर्न थाल्छ । जसले पोल्ने र सुनिने पनि हुन सक्छ । क्रोनिक रिफ्लेक्सले खाना निल्ने क्रममा समस्या निम्त्याउन सक्छ ।

ढिलो शारीरिक विकास
बच्चाको शारीरिक विकासमा कमि वा वौद्धिक क्षमतामा कमीको कारणले गर्दा पनि खाना निल्दामा समस्या हुन सक्छ । डाउन सिन्ड्रोम वा अटिजम स्पेक्ट्रम डिसअर्डर भएका बालबालिकामा पनि खान निल्दा समस्या हुन सक्छ ।
बच्चामा डिसफेजिया हुँदा देखिने लक्षण
प्रत्येक बच्चामा डिसफेजिया हुँदा लक्षण फरक–फरक हुन सक्छ । केही लक्षण यस्ता छन् ।
– दुध खुवाउदा शरीर झुक्नु वा कडा हुनु
– खानेकुरा खाएपछि वा पिए पछि छाती जम्ने हुनु
– खाना खाने क्रममा वा खाएको एकछिनमै खोकी लाग्नु वा निसासिनु
– र्याल आउनु
– बिस्तारै खानु
– खाना खाने समयमा वान्ता आउनु
– खाना घाँटीमा अट्किएको जस्तो महसुुस हुनु
– बारम्बार श्वासप्रश्वास संक्रमण
– खाना खाने क्रममा वा एकछिनमा खाना वा तरल पदार्थ नाकबाट बाहिर निस्कनु
– मुखको खानालाई बारम्बार निल्ने कोसिस गर्नु
– बारम्बार थुक्नु वा वान्ता लाग्नु
– खाना खाने बेलामा चिडचिडापन हुनु
– तौल घट्नु
डिसफेजिया समस्याको उपचार
थेरापी
स्पिज ल्याङ्ग्वेज थेरापिस्टहरुले बच्चाहरुलाई खाना निल्ने थेरापी दिन सक्छन् । यसमा आहार निल्नको लागि समावेश मांसपेशीलाई मजबूत बनाउने गरिन्छ । साथै मुख बङ्गारासँग तालमेल स्थापित हुनजान्छ । यसले घाँटी र बङ्गाराको मांसपेशी पनि बलियो हुन्छ ।

आहारमा परिवर्तन
बच्चाको आहारमा परिवर्तन गरे पनि निल्ने समस्यालाई कम गर्न सकिन्छ । केही समयसम्म बच्चालाई तरल पदार्थ जस्तो आहार दिन पनि सकिन्छ । बच्चालाई यस्तो खानेकुरा निल्न सजिलो हुन्छ । साथै बच्चालाई पर्याप्त पोषण पनि पुग्छ ।
चिकित्सकीय उपचार
– जीइआरडीको अवस्थामा एसिड रिफ्लक्स वा सुनिन कम गर्ने औषधी दिन सकिन्छ । यसको साथै बच्चाको अन्य रोग पनि निको हुन्छ ।
– कुनै अवस्थामा शारीरिक समस्याहरु सुधार गर्न वा अवरोधहरु हटाउन शल्यक्रियाको मद्दत पनि लिन सकिन्छ । चिकित्सकको सल्लाह अनुसार आवश्यकतामा यस्तो रोग शल्यक्रियाका माध्यमबाट पनि उपचार गर्न सकिन्छ ।
बच्चाको खाना निल्ने समस्या हटाउनको लागि अभिभावकको साथको आवश्यकता पर्छ । यस्तोमा अभिभावकले बच्चाको समस्या बुझेर र यस समस्याको लक्षणलाई बेवास्ता नगरी चिकित्सकको सल्लाह लिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?