जर्मनीको ८ गोलमा स्टोनिया स्तब्ध

एजेन्सी । युरो कप छनोटको खेलमा जर्मनीले स्टोनियालाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

युरो कप छनोटको समुह सीको खेलमा पुर्व विश्व विजेता टोली जर्मनीले फराकिलो अन्तरको जित हासिल गरेको हो । जर्मनीको जितमा मार्को रिउसले दुई तथा सर्ज गनाब्रीले समान दुई दुई गोल गरे । अन्य गोल लियोन गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले गरे ।

जर्मनीले सुरुवाती तीन खेलमा जित निकाल्न सफल भएको छ । जर्मनी शीर्ष स्थानको नर्दन आयरल्याण्ड भन्दा तीन अंकले पछाडी छ । अर्को खेलमा आयरल्याण्ड टोलीले बेलारुसमाथि १-० को जित निकालेको थियो ।

जर्मनी ३ खेलबाट ९ अंक सहित दोस्रो स्थानमा छ । नर्दन आयरल्याण्ड १२ अंक सहित शीर्ष स्थानमा छ । बेलारुस अंक विहिन हुदै चौथो र स्टोनिया तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?