आलोपालो प्रणालीबारे ओलीले भने- दलभित्रबाटै टुंगो लाग्छ


प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ०१:३८

प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् ।
  ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सरकारको कार्यशैलीबारे छलफल भए पनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए। नेकपाका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताइएको छ । दाहालले यस विषयलाई प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला टेलिभिजन अन्तरवार्तामा सार्वजनिक गरेका थिए। यद्यपि सहमतिपत्र पहिले नै बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताए । अन्नपूर्ण पोस्ट्  दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
झैझगडा गर्नेदेखि बलात्कारीसम्म : ११७ सैनिक कारबाहीमा परे

काठमाडौँ । नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको

उपनिर्वाचनका लागि यी २१ दलले दिए निवेदन

काठमाडौँ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी

नियम विपरित काठमाडौं महानगरले एक अर्ब रुपैयाँ मुद्दती खातामा राखेका खुलासा

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासको क्षेत्रमा विनियोजन गरेको बजेट खर्च गर्न नसकेपछि बढी

मिसनमा जाने सैनिकको तलब बढ्यो

काठमाडौं। नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ ।