प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेको कुरा जानकारी दिए । प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुग्नु भएलगत्तै हेलिकोप्टरमार्फत बेलायतस्थित अक्सफोर्ड पुगेका हुन् ।

विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?