फरार हत्यारा १९ वर्षपछि प्रहरी हिरासतमा

काठमाडौं । विजयश्वरी प्रजापतीको हत्यामा संलग्न फरारअभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या भएकी भक्तपुर कटुञ्जेकी विजयश्वरी प्रजापती हुन् । हत्या भएको १९ वर्षपछि हत्यामा संलग्न पर्सा सुवर्णपुरका रमन अधिकारीलाई आइतबार रुपन्देहीको बेहलियाबाट प्रहरीले पक्राउ गरेको हो । विजयश्वरीका श्रीमान् एक करार कर्मचारी थिए ।

सरुवा भएर क्षेत्रीय वन कार्यालय हेटौंडा गएपपछि अधिकारीलाई उनकोे घरमा घरेलु कामदारको रुपमा राखेका थिए । कामदारलेनै २०५७ असार ८ गते  घरमै विजयश्वरीको हत्या गरेर भारत फरार भएका थिए ।

घटना हुनभन्दा केही दिनअघिदेखि केही रकम मागेको तर नपाएपछि अधिकारीले बिजयश्वरीको हत्या गरी भारतमा लुकिछिपी बसेको प्रहरीको भनँइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?