मोटरसाईकल दुर्घटनामा महिलाको मृत्यु

वीरगञ्ज । पर्साको जिल्लाको पोखरीया नगरपालिकामा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक महिलाको आज बिहीवार मृत्यु भएको छ ।

जेठ २२ गते बुधबार दिउँसो पर्साको पोखरिया नगरपालिका ९ स्थित ना ११ प २१८१ नम्बरको मोटरसाइकल पल्टिँदा घाईते अवस्थामा रहेकी बिन्दवासिनी गाउँपालिका १ कि २१ बर्षिया प्रभावती देवीको ज्यान गएको हो ।

 मोटरसाइकल पछाडि बसेर सवार गरेकी प्रभावती देवी दुर्घटनामा परि गम्भीर घाइते भएकी थिइन् ।  

पोष्टमार्टमका लागि शव नारायणी अस्पतालमा राखिएको छ ।

चालक उनका  श्रीमान नितेश सहनीको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?