मस्जिदमै हातपात

रौतहट । राजपुर नगरपालिकाका मेयर मस्जिदमै कुटिएका छन् ।

इद पर्व मनाउन चन्दा माग गर्दा विवाद भएपछि मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिललाई राजपुरको मह्मुदिया मस्जिदमाथि कुटपिट भएको हो।

इद पर्व मनाउने क्रममा राति मेयर सकिल मस्जितमा गएको समयमा केही व्यक्तिले चन्दा मागेका थिए। इदको अघिल्लो दिन मंगलबारसम्म मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिमलगायतका व्यक्तिले मेयर सकिलमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।                                                                                                                                                 उनको आँखा नजिकै तथा टाउकोमा चोट लागेको छ। राति नै सदरमुकाम गौरमा उपचार गर्न लगिएको र त्यहाँबाट बिरगंज उपचारका लागि लगिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?