बार परिसरमा रोपियो रुद्राक्षको बिरुवा

काठमाडौं । आज विश्व वातावरण दिवसको अवसरमा नेपाल बार यशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपीएको छ ।

सर्बोच्च अदालत बार एशोसिएशनको वातावरण तथा नेपाल बार एशोसिएशन तथा प्राकृतीक संरक्षक समाज र कानुन विभागले संयुक्तरुपमा वातावरणको संरक्षण गर्ने उद्देश्यले बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपेका हुन् ।

उक्त बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी साथै समाजका अध्यक्ष र पूर्वप्रधान सेनापती रुक्माङ्गत कटवालले बार एशोसिएशन र सर्बोच्च अदालत वरीपरी बिरुवा रोपेका छन् । कार्यक्रमका बिच बोल्दै बार परिसरमा पान, चुरोट, खैनी जस्ता सुतीजन्य पदार्थको उच्च प्रयोगमा प्रतीवन्ध लगाउनुपर्ने बताए र यस्तै आफ्ना सन्ततीका लागी वातावरण जोगाईराख्नुपर्ने र हरीयाली बनाईराख्नुपर्ने बताए ।

वातावरण संरक्षण गर्न प्रतीकका रुपमा सहभागी सबैलाई कागतीका बिरुवा उपलब्ध गराईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?