इटहरीका मेयर चौधरीलाई नेकपाका नेताको सुझाव– पार्टीको प्रतिष्ठाप्रति सचेत रहनुहोस्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश १ का सदस्य तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी पछिल्लो समय विवादमा आउन थालेपछि पार्टीका दुई नेताले सचेत रहन आग्रह गरेका छन् । 

नेकपा नेता योगेश भट्टराई र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर चौधरीलाई सुझाव दिएका हुन् । सामाजिक सञ्जालमार्फत भट्टराई केही दिनयता मेयरले पत्रकार र अन्य कतिपय व्यक्तिहरुका बारेमा सार्वजनिक भएका अभिब्यक्तिले उनले प्रतिनिधित्व गरेको पार्टी ( नेकपा) र स्वयम् उनकै राजनीतिक उचाईमा समेत नसुहाउने भएकाले सचेत रहन आग्रह गरेका हुन् । 

यस्तै, मुख्यमन्त्री पोखरेलले पनि पार्टीको मान्यताका बारेमा मेयरको बुझाई पूर्णतः त्रुटीपूर्ण भएको प्रतिक्रिया दिएका छन्। नेकपा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यताप्रति दृढ रहेकाले उनको अभिव्यक्ति अस्वभाविक र गलत रहेको बताएका छन् । उनले मेयरलाई अभिव्यक्ति सच्याउँदै आत्मआलोचना गर्न सुझावसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?