लण्डनको सुन्दर सहरको किनारामा किन राखियो स्ट्रेचरको रेलिङ्ग ?

लोकपथ
13
Shares

काठमाडौं । लण्डन विश्वको सुन्दर सहरहरु मध्ये एक हो । यहाँका सडकहरुमा पुरातात्विक चिजहरु देख्न सकिन्छ । जसको इतिहासमा धेरै नै महत्व रहेको थियो ।

लण्डनको सडकका किनारामा बाङ्गाटिङ्गा र जालीदार रेलिङ्गहरु देख्न सकिन्छ । जसको कुनाहरु फलामको रडले बनेको छ । चारैतिरका रडहरु झुकेका छन् । वास्तवमा यो रेलिङ्गको तारको सम्बन्ध दोस्रो विश्वयुद्धसँग जोडिएको छ । यो वास्तवमा रेलिङ्ग नभएर स्ट्रेचरहरु हुन् । जुन दोस्रो विश्व युद्धको समयमा बिरामी लिएर अस्पताल जानका लागि प्रयोग गर्ने गरिएको थियो ।

युद्धको कारणले घाइते र मृत्यु भएका मानिसहरुको संख्या धेरै बढेको थियो । युद्दको समयमा ती रेलिङ्गहरु निकालेर स्ट्रेचर बनाइएको थियो ।


एटलस ओब्स्कुरा वेबसाइटको रिपोर्ट अनुसार यो आपतकालिन अवस्थाको स्ट्रेचर थियो । जुन हवाई आक्रमण सुरक्षा अधिकारीहरुले प्रयोग गरेका थिए । घाइते भएका सिपाहीहरुलाई यसमा राखेर अस्पताल पु-याउने गरिएको थियो । दोस्रो विश्व युद्ध सुरु हुनु भन्दा अगाडि नै सरकारले ५ लाख स्टे«चरको निमार्णको १ वर्षमा गरेका थिए । यो स्ट्रेचरलाई बनाउन सजिलो र सस्तो थियो । किनभने यसको बिचमा केबल फलामको जालि मात्र लगाइएको थियो । जसमा घाइते मानिसलाई सुताएर दुईवटा फलामको रडमा जोडि दिने मात्र थियो । स्ट्रेचर समात्न र काँधमा राख्न सजिलो होस् भनेर ति दुईवटा रडलाई कुनमा झुकाइएको थियो । यस प्रकारको स्टे«चर सफा राख्न पनि सजिलो थियो ।

लण्डनको धेरै आवाशीय क्षेत्रमा जडान गरिएको रेलिङ्गलाई निकालेर स्टे«चर बनाइएको थियो । युद्ध समाप्त भएपछि सयौँ स्टे«चर बाँकी भएको थियो । त्यहि स्ट्रेचरलाई प्रशासकले जमिनमा गाड्न र निकालिएको रेलिंगको क्षतिपूर्ति गर्ने हिसाबले पुन प्रयोग गरेको थियो । रिपोर्टका अनुसार रेलिंग बेकेट स्ट्रीट र पिलगिमेज स्ट्रीटमा लगाएको देख्न सकिन्छ ।
अहिले पनि लण्डन घुम्नेहरुका लागि राखिएका ती स्ट्रेचर रेलिङ्ग पनि एक आकर्षण बन्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?