अन्ततः कर्णालीमा माओवादीले नेतृत्व छाड्ने, मुख्यमन्त्रीले राजीनामा दिँदै

लोकपथ
280
Shares

काठमाडौं । अन्ततः नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतत्व छाड्न तयार भएको छ ।

आज कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो ।


तर एमालेलाई सत्ताको नेतृत्व गर्न दिएर सहयात्री दल बन्न माओवादी तयार भएको हो ।


त्यसो त मंगलबार नै विश्वासको मत लिनका लागि बैठक आह्वान गरिएको थियो । केन्द्रबाट सरकारको नेतृत्व गर्न एमालेलाई दिने निर्देशन भए पनि मुख्यमन्त्री शर्माले भने आफ्नो अडान कायम राखेका थिए । तर बृहत छलफलपछि शर्माले राजीनामा दिएर एमाले नेतृत्वको सरकारलाई समर्थन गरेर अघि बढ्न तयार भएका हुन् ।


आज विश्वासको मत लिनका लागि बैठक आह्वान गरिए पनि उनले बैठकमा सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?