करोडौं ठगी गर्ने गुरुङ समातिए सात जना अझै फरार


प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार ०२:२३

काठमाडौं –  थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले परशुराम गुरुङलाई सार्वजनिक गरे पनि अन्य सात जनाको बारेमा प्रहरीले खोजी गरिरहेको छ। नेपाली नागरिकलाई थाइल्याण्डमा बसेर करोडौं ठगी गरेको आरोपमा प्रहरीको अन्र्तराष्ट्रिय संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली दूतावासको सहयोगमा थाइ प्रहरीले चैतमा पक्राउ गरेको थियो। कानुनी प्रक्रिया पूरा गरेर उनलाई शुक्रबार साँझ नेपाल ल्याइएको हो।

मानव बेचविखनकै आरोपमा उनीसँगै इन्टरपोलले किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्ता तुलाधर निरौला, विनोद पाण्डे र सञ्जिव मुडभरीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। उनीहरु कहाँ छन् भन्ने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। शनिबार सिआइबी प्रमुख डिआइजी निरजबहादुर शाहीले अरुको खोजी भइरहेको बताए। ‘परशुरामलाई ल्याइएको छ अन्यको खोजी गरिरहेका छौं,’ डिआइजी शाहीले भने। सीआइबीका अनुसार ३८ वर्षे गुरुङले कमल, पारस, मनोज, किम, अधिराजलगायतका नाममा ठगी गर्थे।नागरिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
झैझगडा गर्नेदेखि बलात्कारीसम्म : ११७ सैनिक कारबाहीमा परे

काठमाडौँ । नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको

उपनिर्वाचनका लागि यी २१ दलले दिए निवेदन

काठमाडौँ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी

नियम विपरित काठमाडौं महानगरले एक अर्ब रुपैयाँ मुद्दती खातामा राखेका खुलासा

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासको क्षेत्रमा विनियोजन गरेको बजेट खर्च गर्न नसकेपछि बढी

मिसनमा जाने सैनिकको तलब बढ्यो

काठमाडौं। नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ ।