साउनदेखि युरो ४ स्तरका गाडी मात्रै आयात गर्ने तयारी


प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार ०२:२०

सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव यज्ञ दाहालको संयोजकत्वमा युरो ४ स्ट्यान्डर्ड गाडी आयातका विषयमा अध्ययन गर्न गठित कार्यदलले सरोकारवाला निकायसँग छलफल गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । ‘कार्यदलले प्रतिवेदन बुझाएलगत्तै मन्त्रिपरिषद्बाट पारित भएपछि युरो ४ गाडी मात्रै आयात गरिन्छ,’ सहसचिव सिन्धुप्रसाद ढुंगानाले भने ।

तर, युरो ४ मापदण्ड कहाँ र कस्ता गाडीमा लगाउने भन्ने विषयमा विवाद भइरहेको छ । व्यवसायीहरू पहाडी क्षेत्रमा चल्ने सवारीमा यस्तो मापदण्ड लगाउन नहुने लबिङ गरिरहेका छन् । वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि पहाडी क्षेत्रका यात्रुलाई समस्या हुन सक्ने भएकाले उपत्यकाभित्र आयात हुने गाडीलाई मात्र युरो ४ मापदण्ड लागू गरिने बताएका छन् । तर, सरोकारवाला निकायले भने अलगअलग मापदण्डका आधारमा आयात गर्दा नियमन गर्न कठिन हुने बताएका छन् । नयाँ पत्रिकामा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
झैझगडा गर्नेदेखि बलात्कारीसम्म : ११७ सैनिक कारबाहीमा परे

काठमाडौँ । नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको

उपनिर्वाचनका लागि यी २१ दलले दिए निवेदन

काठमाडौँ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी

नियम विपरित काठमाडौं महानगरले एक अर्ब रुपैयाँ मुद्दती खातामा राखेका खुलासा

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासको क्षेत्रमा विनियोजन गरेको बजेट खर्च गर्न नसकेपछि बढी

मिसनमा जाने सैनिकको तलब बढ्यो

काठमाडौं। नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ ।