गुरुङ समुदायले मनाए मेँ त्हँले

लोकपथ
65
Shares
emfsLdf g[To ub}{ u’?ª ;d’bfosf dlxnf sf7df8f}F, !% k’; M td’ Nxf];f/sf] cj;/df z’qmaf/ emfsLdf u’?ª ;d’bfosL dlxnfx? g[To k|:t’t ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

चितवन । गुरुङ समुदायले मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुषवाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा मेँ त्हँले (धनुष वाँण विद्या) पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।

यसैबीच चितवनका गुरुङ समुदायले नारायणी नदी किरनारमा जारी आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सवस्थल परिसरको गुरुङ घर प्राङ्गणमा धुमधामसँग यो पर्व मनाएका छन् । विगत वर्ष झैँ यस वर्ष पनि गुरुङ समुदायको धार्मिक संस्था ‘तमू प्ये ल्हु’ सङ्घ चितवनको आयोजनामा धनुषवाण प्रतियोगिता गरी मेँ त्हँले पर्व मनाएको सङ्घका जिल्ला अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?