किन पिउने ‘ग्रीन टी’, यस्ता छन् फाइदाहरु

लोकपथ
0
Shares

पछिल्लो समय घर या कार्यालयमा ‘ग्रीन टि’ सेवनको प्रवृत्ति बढ्दै गइरहेको छ । चिया, कफी भन्दा मात्रा मिलाएर पिउँदा ‘ग्रीन टि’ ले फाइदा पुर्याउने अध्ययनले देखाएको छ । अझ आफ्नो स्वास्थ्यप्रति सचेत रहनेहरुले आफ्नो चिया कफीको लतलाई ग्रीन टि तर्फ ट्रान्सफर गरेका छन् ।

एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टि । यो एन्टी अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ । स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ । ग्रीन टिमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।

‘ग्रीन टि’ को नियमित सेवनले छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै तौल घटाउन सहयोग गर्छ र मुटु तथा रक्तनलीहरुको स्वास्थ्य राम्रो बनाउन पनि सहयोग गर्ने अध्ययनले देखाएको छ ।

परम्परागत रुपमा चीन र भारतमा ग्रीन टी रक्तश्राव नियन्त्रण तथा चोट लागेको उपचार गर्न, पाचन प्रणालीमा सुधार गर्न, मुटु स्वास्थ्य र मानसिक स्वास्थ्य राम्रो गर्न र नियमित शरीरको तापक्रम सन्तुलित बनाउनका लागि औषधिको रुपमा प्रयोग गरिँदै आएको छ ।


जुन देशमा ग्रीन टीको उपभोग उच्च छ त्यहाँ केही प्रकारका क्यान्सर हुने दर कम भएको विभिन्न अध्ययनहरुमा पाइएको छ । सन् २०२० को एक अध्ययन अनुसार ग्रीन टीको नियमित उपभोगले क्यान्सर हुने सम्भावनालाई कम गराएको छ ।

अब हेरौँ ग्रीन टीका फाइदाहरु

मोटोपना घटाउन मद्दत गर्छ

पछिल्लो समय मोटोपनाको मानिसहरुको चिन्ताको विषय बनिरहेको छ । मोटोपना घटाउनका लागि नियमित शारिरिक व्यायमसहित खानपानमा सुधारलाई मुख्य मानिन्छ । त्यसको साथसाथै ग्रीन टी को प्रयोग गर्दा त्यसले हाम्रो मोटोपनाबाट राहत समेत दिन्छ । ग्रीन टि मा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मोटोपना कम गर्न मात्र नभएर नियमित सेवनले हाम्रो छालालाई समेत चम्किलो बनाउन ग्रीन टीले मद्दत गर्दछ ।

उच्च रक्तचापबाट छुटकारा

व्यस्त जीवनशैलीले हामीमा शारिरिक देखि मानसिक रोगहरु बढ्दै गइरहेको छ । प्रेसर सुगर जस्ता समस्याहरु नेपालीहरुको राष्ट्रिय रोगजस्तै बनिरहेको छ । त्यसर्थ त्यसलाई कन्ट्रोल गर्न ग्रीन टि को सेवन गर्नु उचित मानिन्छ । नियमित ग्रीन टि को सेवनले हामीमा भएको सुगर प्रेसर लगायत समस्याहरुबाट छुटकारा दिन्छ । तर धेरै भने पिउनु हुँदैन ।

क्यान्सरका बिरामीको लागि उपयोगी

ग्रीन टि मा पाइने विभिन्न तत्वले हामीलाई जटिल रोगबाट समेत छुटकारा दिने अध्ययनले देखाएको छ ।
अनुसन्धानहरुका अनुसार ‘ग्रीन टी’मा भएको तत्वले मिर्गौलाको विषाक्ततालाई कम गर्न तथा क्यान्सर रोग विरुद्धको औषधि ‘सिस्प्लाटिन’ले गराउने क्षतिलाई कम गर्न प्रभावकारी भूमिका खेल्छ ।
ग्रिन टि’ ले क्यान्सरका जीवाणुको विकासमा रोक लगाउने र यस्तो समस्या भएकाहरुमा समेत थप विकास हुनबाट जोगाउछ ।

छालालाई सुन्दर बनाउने मद्दत

उमेर अनुसार हाम्रो छाला पनि बुढो हुँदै जान्छ । जसकारण हाम्रो छाला चाउरिने गर्दछ । धेरै कम्प्युटरमा बस्दा होस् या मोबाइल चलाउँदा र धेरै तनावमा बस्दा हाम्रो आँखामा डार्क सर्कल बन्ने गर्दछ जसले हाम्रो शरिरको सुन्दरतामा ह्रास ल्याउँछ । अन्य रोग नियन्त्रणसहित शरिरको सुन्दरता कायम गर्नका लागि समेत ग्रीन टि को प्रयोग उपयोगी मानिन्छ । ग्रीन टि को नियमित सेवनले आँखाको डार्क सर्कल हटाउनेदेखि छालालाई सुन्दर बनाउन समेत मद्दत गर्ने अध्ययनले देखाएको छ ।

अन्य फाइदाहरु

ग्रीन टीको नियमित सेवनले निक्कै फाइदा गर्ने तथ्य अनुसन्धानले देखाएको छ । यसको नियमित सेवनले आखाको ज्योती बढाउन, दाँत र गिजालाई स्वास्थ्य राखी इन्फेक्सन हुन नदिन, शरिरलाई स्फुर्त राख्न लगायत फाइदाहरु हुने अनुसन्धानले देखाएको छ ।

यसरी ग्रीन टी का धेरै फाइदाहरु भए पनि प्रयोग गर्न नजान्दा त्यसले थप बेफाइदा समेत गरिरहेको हुन्छ । त्यसकारण त्यसको प्रयोगमा सावधानी समेत अपनाउनुपर्दछ । कतिपयले ग्रीन टी बिहानै खाली पेटमा पिउने गर्दछन् तर बिहानै खाली पेटमा ग्रीन टि पिउनुमा हुँदैन । त्यस्तै खानासँगै र औधषी सेवनका बेला ग्रीन टि पिउनुहुन्न । साथै सुत्केरीले समेत ग्रीन टि पिउनु हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?