सुनिल साह एनआरएन अमेरिकाको अध्यक्ष

काठमाडौं । अमेरिकामा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी गर्दै आएका सुनिल साह गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अध्यक्षतामा निर्वाचित भएका छन् ।

संघ अध्यक्षका लागि साहले ३ हजार ५ सय ७६ मत प्राप्त गरेका थिए । अध्यक्ष छान्नको लागि ७ हजार ३ सय ५७ जनाले मतदान गरेका थिए । 

साहका निकटतम प्रतिद्वन्द्वी सूर्य लम्सालले १ हजार ९ सय ५२ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी संजय थापाले १ हजार ८ सय ८ मत प्राप्त गरेका थिए । 

जनकपुर घर भएका साह बिगत लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?