नेकपा पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन कहिले ?


लोकपथ
प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १६:२०

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ ।   
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५  लाई सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

    बैठकले २० भन्दा बढी जनवर्गीय सङ्गठनको एकता  भने टुङ्गाएको छ ।  मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ ।

गत वर्ष जेठ ३ गते  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच  एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र  केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
घुस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रुपन्देहीमा कार्यरत

चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि छाड्नुपर्छ : उपप्रम पोखरेल

विराटनगर- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेत्रविक्रम चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि

थाइल्याण्डमा १० नेपाली प्रशिक्षार्थीको उद्धार

काठमाडौँ- काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली

कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन : पौडेल

हेटौँडा–नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गर्नुभएको