अनैतिक क्रियाकलापमा संलग्न ६१ जना बालाजु क्षेत्रबाट पक्राउ

काठमाडौं । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ६१ जनालाई काठमाडौंको वाइपासबाट पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका १६ माछापोखरी वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधवार साँझ प्रहरीले प्रकाउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये अनुसन्धान पश्चात १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?