फेसबुकले बनायो लाइभ सेवामा कडा नियम

काठमाडौं– चर्चित सामाजिक सञ्जाल फेसबुकले हिंसाको लाइभ र यससम्बन्धी सामग्री शेयरिङ रोक्नको लागि ‘वाइन स्ट्राइक पोलिसी’ बनाएको छ ।

कम्पनीले न्यूजील्याण्डको क्राइटचर्चामा भएको हमलाको लाइभ फेसबुकबाट भएपछि यस्तो निर्णय गरेको हो ।
बीबीसीका अनुसार जसले हिंसालाई प्रसय दिने भिडियो लाइभ प्रशारण गर्छ, उसको लाइभ स्ट्रिमिङ फिचर दुरुपयोगको ठहर भएमा फेसबुकले यो सेवामा प्रतिबन्ध लगाउन सक्छ ।
यो निर्णयसँगै अब यदि कसैले आफ्नो फेसबुकबाट हिंसात्मक भिडियो लाइभ गरेमा फेसबुकले एक्सन लिन सक्नेछन् र निश्चित समयको लागि प्रतिबन्ध लगाउने छ  । समाचारअनुसार पहिलो चरणमा एक महिनाको प्रतिबन्ध लाग्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?