अस्थायी शिक्षकको आमरण अनसन, नेता केसीले भेटे अनसरनरत शिक्षकलाई

राज्यले ३० हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै अस्थायी शिक्षक आमरण अनसन बसेको आज १३ दिन भएको छ ।

अनसनको १३ दिन आज आन्दोलनरत शिक्षकहरुलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भेटेका छन् । 

 समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको आग्रहलाई सरकारले वेवास्ता गरेको भन्दै माग पूरा गर्न आफूहरु अनवरत रुपमा संघर्षरत रहने आन्दोलनरत शिक्षकहरुको भनाई छ ।

आन्दोलनरत शिक्षकहरुसँगको भेटका क्रममा नेता केसीले सरकारले शिक्षकहरुको जायज माग सम्बोधन गर्नुपर्ने बताए ।

पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावत  १३ दिनदेखि काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा आमरण अनसन बसेका छन् । 

समितिले बैशाख १३ गते शुक्रवार काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म विशाल जुलुस प्रदर्शन गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?