गिरफ्तारमा परेका व्यक्ति अस्पतालको आईसियूमा : परिवार भन्छ प्रहरीले भिरबाट खसाल्यो, प्रहरीको यस्तो जवाफ !

प्रहरी गिरफ्तारमा परेका व्यक्ति कहाँ  भेटिन्छन् रु सहजै भन्नुहोला प्रहरी हिरासतमा ।  तर सिन्धुपाल्चोक भोटेकोशी गाँउपालिका वडा नं ४ डाँडागाउँका ङठिलेन शेर्पा प्रहरी गिरफ्तारमा परेकोमा अस्पतालमा भेटिएका छन् ।

त्यो पनि स्वास्थ्यस्थिती गम्भिर भएको अवस्थामा । 

उनको टाउकोमा गम्भिर चोट लागेको छ  । उनी जीवन र मृत्युको दोसाँधमा छन् ।

 
भएको के हो ?

प्रहरीका अनुसार चौकि लाने क्रममा अचानक भिरबाट उनी खसे ।

भिरबाट खसेका उनलाई त्यहाँबाट उद्धार गरी सिमा प्रहरी दसकिलोमा बुझाईएको थियो ।

गत सोमबार साँझ उनलाई काठमाडौँको महाराजगन्जस्थित टिचिङ अस्पतालको आकस्मिक सेवा आई सि यु मा पुर्याइएको थियो ।  

सोमबार दिउँसो भोटेकोशी गाँउपालिका वडा नं ४ बाट प्रहरी गिरफ्तारमा परेका उनलाई यस्तो हालतमा भेट्दा परिवारमा रुवाबासी चलेको छ । 

गाँउकै एक विवाहित महिला सँग केहि वर्ष यताको प्रेम सम्बन्ध पश्चात् राजि खुसिमा विवाह गर्ने निधो गरी शेर्पाले महिलालाई दिदी भिनाजुको घर बोलाएका थिए ।

लगतै महिला पक्षको दवाव र नारायणथान चौकिबाट असई प्रकाश यादव अपहरणको आरोप लगाइ फोनमा धम्कि दिएको आरोप लगाई गिरफ्तार गरिएकोे परिवारको भनाई छ । 

 प्रहरी भन्छ , गिरफ्तार गरेर चौकि लाने क्रममा अचानक भिरबाट खसेका हुन् । 

शेर्पालार्ई त्यहाँबाट उद्धार गरी सिमा प्रहरी दसकिलोमा बुझाईएको थियो ।

उनीहरुका उनुसार शेर्पालाई सामान्य घाउचोट लागेको थियो ।

प्रहरीले शेर्पालाई छारे रोग लागेका कारण आफै ढलेको अनुमान गरे ।

बाटो एकदम फराकिलो, प्रहरी सँगै गएका  र त्यो भन्दा पहिला त्यस्तो रोग पहिला नलागेको शेर्पाका दिदी भिनाजु सोना र पेमा बताउँछन् ।

स्वास्थ्य अवस्था ज्यादै नाजुक रहेको, टाउको को पछाडीपट्टीको भागमा गहिरो चोट लागेको र  दाईने हातको पाखुरा भाँचिएको उपचारमा संलग्न चिकीत्सक बताउँछन् ।

घटनाबारे स्थानिय सुरक्षा निकायसँग पुर्ण जानकारी भएपनि पटक पटक फोन गरेर जानकारी लिन खोज्दा नारायणथान चौकिका प्रहरीले राम्रो व्यवहार नगरेको उनी बताउँछन् ।

यसैबिच घटनाको जानकारी लिन लोकपथ डटकमले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाकका डिएसपी माधव प्रसाद काफ्लेलाई सम्पर्क गर्दा उनले भने, ''परिवारका सदस्यले भनेजस्तो उनलाई भिरबाट खसालेको नभई ङठिलेन शेर्पा आफैँ लडेकोले उपचारका लागि काठमाडौं पठाइएको हो । प्रहरीले किन मान्छेलाई भिरबाट खसाल्नु र ? यो झुटो कुरा हो ।'' 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?