आई कन्ट्याक डिसअडरका लक्षणहरु र बच्ने उपाय

लोकपथ
0
Shares

काठमाडौं । अरुसँग कुरा गर्दा नजर मिलाएर कुरा गर्न गाह्रो हुन्छ । तपाईं कुरा गरि रहनुभएको हुन्छ तर कुरा गर्दै गरेको व्यक्तिको आँखामा हेरेर कुरा गर्न सक्नुहुन्न ।

यदी यस्तो कहिलेकाँही मात्र हुन्छ भने यो सामान्य हो । तर सधै यस्तो हुन्छ भने यो एक किसिमको एन्जाइटि डिसअडरको लक्षण हो । जसलाई आई कन्ट्याक एन्जाइटि डिसअडर भनिन्छ । अर्थात् आँखाको सम्पर्कको चिन्ता । यो रोगबाट पीडित व्यक्तिहरु अरुको आँखामा सिधा हेरेर कुरा गर्न सक्दैनन् । आई कन्ट्याक डिसअर्डरलाई यउतजबmियउजयदष्ब पनि भनिन्छ ।

आइ कन्ट्याक एन्जाइटिको लक्षणहरु

आफ्नो बारेमा सचेत हुनु

यस रोगबाट पीडित व्यक्तिले अरुसँग कुरा गर्दा पनि हरेक समय कसैले आफ्नो शरीरको भाषा (दयमथ बिलनगबनभ ) अनुसार आफूलाई निखारेको छ कि भनेर सोचिरहन्छ ।

टाढिने स्वभाव

जुन व्यक्तिमा आइ कन्ट्याकको रोगबाट पीडित हुन्छन् ति व्यक्तिहरु प्रायगरेर अरुको आँखामा हेरेर कुरा गर्नुको सट्टा तलतिर हेरेर कुरा गर्छन् । र कुरा गर्नबाट टाढिन्छन् ।

शारीरिक लक्षण

यस रोगबाट पीडित व्यक्तिले अरुसँग कुरा गर्दा मुटुको धदकन तेज हुनुको साथै पसिना आउने र काम्ने हुन्छ ।
आफ्नो भावना व्यक्त गर्ने कठिनाइ हुने
यस रोगबाट पीडित व्यक्ति आफ्नो भावना राख्न असमर्थ हुन्छन् । जसको कारणले उनीहरु निराश र एक्लोपनको शिकार हुने गर्छन् ।

समाजबाट टाढा रहनु

यस रोगबाट पीडित व्यक्ति समाजसँग दुरी बनाइराख्छन् । उनीहरुलाई कसैले केहि नभनोस् भनेर उनीहरु एक्लै बस्न थाल्छन् र समाजबाट टाढा रहन्छन् ।

आइ कन्ट्याक एन्जाइटिबाट बच्ने उपायहरु

परिवार र साथीहरुसँग समय बिताउने

आई कन्ट्याक एन्जाइटिसँग बच्नको लागि धेरै समय आफ्नो परिवार र साथीहरुसँग समय बिताउने कुरा गर्ने र आफ्नो कुराहरु पनि राख्ने

शारीरिक व्यायाम गर्ने

आफ्नो दिमागलाई शान्त राख्नको लागि गहिरो सास फेर्ने अभ्यास र ध्यान गर्ने । यस्तो गर्दा मानसिक स्वास्थ्यमा सुधार हुन्छ ।

सामाजिक सिप वा तालिम लिने

सके सम्म सामाजिक क्रियाकलापमा भाग लिन कोसिस गर्ने । किनभने यसमा मानिसहरुसँगको भेटघाटले कुरा गर्ने डर हटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?