‘डीपफेकले चुनावी परिणाम नै बदल्न सक्छ’

लोकपथ
0
Shares


काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण, कृषिदेखि अन्तरिक्ष अन्वेषणसम्मका क्षेत्रमा मानिसहरुलाई साथ दिने देखिन्छ ।

एआईबिना अब कतिपय कामहरु असम्भव जस्तै देखिन थालेका छन् । तर एआईको सदुपयोग गर्न सके जति फाइदा छन् त्योभन्दा बढी यसको दुरुपयोगका जोखिम पनि छन् ।

पछिल्लो समय राजनीतिज्ञदेखि सेलीब्रिटीहरु आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले उत्पन्न गरेको डीपफेक भिडियो र फोटोको सिकार बन्न थालेका छन् ।

आगामी अप्रिल १० मा दक्षिण कोरियामा हुन गइरहेको संसदीय निर्वाचनमा समेत एआई प्रत्यक्ष प्रभाव पार्ने भन्दै विशेषज्ञहरूका बीचमा चिन्ता बढाएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय निर्वाचन आयोग (एनईसी)ले जनवरी २९ देखि फेब्रुअरी १६ सम्म डीपफेक टेक्नोलोजी प्रयोग गरी चुनाव सम्बन्धी एक सय २९ वटा घट्नाहरु भएको जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै एनईसीले सार्वजनिक भएका घटनाहरु आधिकारिक निर्वाचन ऐनविपरीत रहेको जनाएको हो ।
डीपफेक भनेको कुनै पनि विषयको गहिरो अध्ययन गरि कुनै पनि अडियो, भिडियो तथा तस्बिरहरुलाई नजिकबाट नक्कल गरि उस्तै देखिने अथवा सुनिने बनाउनु हो ।

एआईद्धारा उत्पन्न सिंथेटिक सामग्रीहरु विभिन्न क्षेत्रहरूमा उपयोगी साबित भएको छन् । यद्यपि राजनीतिमा यसको शोषण, विशेष गरी गलत सूचनाको प्रसारका लागि, सरकारी अधिकारीहरू र नीति निर्माताहरूका लागि महत्वपूर्ण चुनौती प्रस्तुत गरेको पाइन्छ ।

‘सबैभन्दा चिन्ताजनक परिदृश्यमा चुनावको एक दिनअघि उम्मेदवारलाई बदनाम गर्ने गहिरो फेक भिडियो अपलोड गरिएको छ । जसलाई लाखौं नागरिकले हेरेका छन् । छोटो समयमा यसको अध्ययन गरि प्रमाणित गर्न समय सम्भव हुँदैन,’ सियोलमा रहेको एआई नैतिकताको अध्ययन गर्ने गैर–नाफामुखी समूहका अध्यक्ष जिओन चाङ–बाएले भने ।

एआई–उत्पन्न गलत सूचनाले मतदाताहरूको धारणामा ठूलो प्रभाव पार्न सक्ने सियोल वुमेन्स युनिभर्सिटीकी सूचना सुरक्षाका प्राध्यापक किम म्युङ–जूको भनाइ छ ।

‘डिपफेक भिडियोहरू सिर्जना गर्न अलि जटिल छ, तर जो कोहीले पनि मोबाइल एप प्रयोग गरेर डिपफेक बनाउन गर्न सक्छ । यसले केवल १० मिनेट लिन्छ । यसको मतलब यो हो कि राजनीतिक युट्युबरहरुले वा ब्लगरहरूले सजिलैसँग यो प्रविधि प्रयोग गरी आफूले मन नपराउने राजनीतिज्ञहरूको बारेमा गलत जानकारी फैलाउन सक्छन्,’ उनले भनिन् ।

दक्षिण कोरियाका लागि डीपफेक प्रविधि नौलो भने होइन । सन् २०२२ मा भएको राष्ट्रपतिको निर्वाचनको अभियानका क्रममा उम्मेदवारहरू युन सुक येओल र ली जे–म्युङले आफ्ना घोषणापत्र जारी गर्नदेखि लिएर मतदाताहरूलाई अपील गर्न आफ्नै एआई उत्पादित अवतारहरू प्रयोग गरेका थिए ।

त्यस्तै, मे २०२२ मा स्थानीय चुनावको क्रममा समेत केही उम्मेदवारलाई समर्थन गरेको देखाइएको हेरफेर गरिएको भिडियो क्लिप सोसल मिडियामा राखिएका थिए । जसले दर्शकहरूलाई राष्ट्रपतिले राजनीतिक रूपमा तटस्थ रहन असफल भएको भनी गलत रूपमा विश्वास गर्न बाध्य पारेको थियो ।

भर्खरै, युट्युबमा अपलोड गरिएको एक गहिरो फेक भिडियोले सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी)का अन्तरिम नेता हान डोङ–हुनलाई पत्रकार सम्मेलनमा उदारवादीहरूलाई गुन्डाहरूसँग तुलना गरेको चित्रण गरिएको छ ।
यसरी डीपफेकका घटनाहरुको सामना गरेपछि कोरियाको एक विशेष संसदीय समितिले निर्वाचन ऐन नै संशोधन गर्नुपरेको छ ।
जसमा चुनावी मौसममा एआई–उत्पन्न डिपफेकहरू प्रयोग गर्ने राजनीतिक अभियान सामग्रीलाई निषेध गर्ने उल्लेख छ ।
संशोधित कानुनअन्तर्गत चुनावका लागि अग्रसर गर्ने ९० दिनको विन्डोभित्र डीपफेक टेक्नोलोजी प्रयोग गरी सिर्जना गरिएको राजनीतिक अभियान भिडियोहरू वितरण वा प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई सजाय हुने बताइएको छ । जसअन्तर्गत अधिकतम सात वर्षको जेल सजाय वा ५० मिलियन वोनसम्मको जरिवाना तिराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?