प्रधानमन्त्री उपत्यका बाहिर, यस्तो छ आजको कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिवार) बुटवल र पूर्वी नवलपरासीको कावासोती जाने भएका छन् । प्रधानमन्त्री ओली कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । 

साथै चौधरी ग्राम परिसरमा निर्मित शाश्वतधाम अवलोकन गरी काठमाडौं फर्किने छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

यसैबीच तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको नौ फिट उचाइको सालिकको छेउमा प्रधानमन्त्री ओलीले ४२ फिट उचाइको राष्ट्रिय झण्डा झण्डोतोलन गर्नेछन् ।

वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो । 

सालिक अनावरणपछि प्रधानमन्त्री ओलीले आयोजित आमसभालाई सम्बोधनसमेत गर्ने कार्यक्रम तय भएको छ ।

आजै दिउँसो १ बजे प्रधानमन्त्री ओलीले नवलपुरको कावासोती जानेछन् । 

एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र संघ अन्तर्गतका कार्यालयहरू स्थापना गर्ने योजना अनुसार प्रधानमन्त्री ओली शिलन्यासका लागि कावासोती आउने कार्यक्रम रहेको प्रतिनिधि सभा सदस्य तिलक महतले जानकारी दिए ।

त्यहाँ आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई समेत प्रधानमन्त्री ओलप्ले सम्बोधन गर्ने छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?