वीरगञ्जमा जलाउन लैजाँदै गरेको महिलाको शव प्रहरीद्वारा नियन्त्रण

काठमाडौं । प्रहरीले जलाउन लैजाँदै गरेको एक महिलाको शव नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ वर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो । 

पन्नालाल दासको श्रीमती अञ्जुदेवीको परिवारकै सदस्यबाट हत्या भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले शव नियन्त्रणमा लिएको हो । 

अञ्जुदेवीका शव जलाउन सिर्सिया खोला किनारस्थित गैया घाटमा लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको स्थानीयबासीले जानकारीले दिए । 

साथै प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई पनि नियन्त्रणमाा लिएको छ । उक्त प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र कसैलाई पनि नियन्त्रणमाा नलिएको दाबी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?