अवतरणका क्रममा वायुसेवा निगमको विमानमा चरा ठोकियो

काठमाडौं । नेपाल वायुसेवा निगमको विमानमा आज (बिहीवार) बिहान चरा ठोक्किएको छ ।

मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको निगमको विमान आरए ४१६ मा चरा ठोक्किएको हो । 

विमान अवतरणका क्रममा धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको थियो । निगमको अनुसार ‘ठूलो क्षति हुनबाट जोगियो, उडानमा रहेका बेला इन्जिनमा चरा ठोक्किएको भए करोडौं नोक्सानी हुने थियो ।’

चरा ठोक्किएको विमान निगमको न्यारोबडी विमान हो । 

निगमका प्राविधिकहरुले चरा ठोक्किएपछि बिहीवार बिहानै जाँच गरी जहाज ग्राउन्डेड गर्न नपर्ने जनाएका छन् ।

माघ २०७१ मा निगमले यो विमान एयरबससँग खरिद गरेको थियो । यो पहिलो ब्रान्डन्यू एयरबस हो । 

यसअघि भदौमापनि यस विमानमा चरा ठोकिएको थियो । क्लालामपुरबाट १ सय ५८ यात्रु बोकेर अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरणका क्रममा बायाँ पखेटाको एयरफ्रेममा चरा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमान ग्राउन्डेड भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?