प्रेम सञ्जेललाई अख्तियारले पत्र काट्यो

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि छानबिन प्रक्रिया अघि बढाएको छ ।
अनियमितताविरुद्ध कडारुपमा प्रस्तुत हुँदै आएका सञ्जेलले भ्रष्टाचार गरेको आशंका गर्दै अख्तियारले तीन दिनभित्र उपस्थित हुन मंगलबार पत्र काटेको छ ।  
निर्वाचन कार्यालय विराटनगरको प्रमुख हुँदा सञ्जेलले आयोगको निर्णय र नियमविपरित आफू कार्यालयमा हाजिर नभएपनि फागुन १७ देखि चैत २३ सम्म प्रोत्साहन भत्ता, खाना र खाजा भत्ता लिएकाले छानबिनका लागि बोलाइएको अख्तियारको पत्रमा उल्लेख छ । खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?