वीरगञ्जमा स्कुल बसले किच्दा महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट ना २३ प ७९७७ नम्बरको मोटरसाइकल सवार महिलाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी अन्दाजी गुञ्जन चौरसिया रहेकी छिन् । 

माइस्थानबाट घण्टाघर आउँदै गरेको मोटरसाइकल माइस्थान चोक नजिकै अनियन्त्रित हुँदा मोटरसाइकलको पछाडि बसेकी चौरसिया खसेर विपरीत दिशाबाट जाँदै गरेको बसको पछाडिको चक्कामा परेकी थिइन् ।

बसको पछाडिको भागले किचेर गम्भीर घाइते भएकी चौरसियाको उपचारका क्रममा नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

मोटरसाइकल चालक गुञ्जनको छोरा साहिल चौरसिया भने सकुशल छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?