विप्लव समूहका सदस्य भएको आरोपमा रसुवाली कवि पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहको सदस्य भएको आरोपमा प्रहरीले रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाल तिम्सिनालाई पक्राउ गरेको छ । 

प्रहरीले उनलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट सोमवार बिहान पक्राउ गरेको हो । 

तिम्सिनालाई थप अनुसन्धान र काराबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजुमा राखिएको प्रहरीले जनाएको छ । 

उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?