लुक्ला विमान अपडेट : मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुर्घटना, दुई जनाको मृत्यु (नामसहित)

काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लुक्ला विमानस्थलका असई रामबहादुर खड्का र को पाइलेट सुदीप ढुंगाना रहेको प्रहरीले जनाएको छ । 

विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय सोलुले जानकारी दिएको छ । 

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा समिट एयरका पाइलट अबर बी रोकाय र हेलिकोप्टर चालक मनाङ एयरकाे पाइट चेत गुरुङ घाइते भएका हुन् ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गरेका छन् । 

समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?