अस्तव्यस्त पार्किङको मारमा न्यूरोड, कहाँ राख्ने सवारीसाधन ? (भिडियो सहित)

काठमाडौं । राजधानीको अस्तव्यस्त ठाउँमध्ये एक हो न्यूरोड । व्यापार व्यवसायदेखि विभिन्न कार्यालय संघसंस्थाको साझा ‘हब’ भएकाले पनि दिनैभरि यहाँ मान्छेहरुको आवतजावत भइरहन्छ ।

एक किसिमले न्यूरोड राजधानीकै सबैभन्दा भीड हुने बजार हो । त्यसैले राजधानीको सबैभन्दा मूख्य समस्या ‘अव्यवस्थित पार्किङ’देखि अछुतो रहेको छैन न्यू रोड पनि । 

व्यापार व्यवसायका कारण हरेक दिन यहाँ आउने सर्वसाधारण देखि यहीँका बासिन्दा हुन् या कहिलेकाहीँ काम विशेषले यहाँ आउने व्यक्ति सबैजनाले पार्किङ गर्ने ठाउँको अभावमा सास्ती झेल्नुपरेको छ । खाली ठाउँ देखेर कहीँ पार्किङ गर्दा ट्राफिकले सवारीसाधन नियन्त्रणमा लिने डर छुट्टै ।  

यही विषयमा केन्द्रित रहेर लोकपथले केही सर्वसाधारणसँग गरेको कुराकानीमा पैसा तिरेरै पार्किङ गर्छु भन्दा समेत उचित सुविधा नपाउँदा निकै गाह्रो भएको गुनासो पोखेका छन् उनीहरुले । 
‘सवारीसाधन भएपछि त्यसलाई पार्किङ गर्ने उचित ठाउँ पाउनु हाम्रो अधिकार हो,’ प्रायले राखेको साझा मत हो यो । चाँडै व्यविस्थित पार्किङको वातावरण सिर्जना गर्न उनीहरुले सरकार तथा सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

हेर्नुहोस् लोकपथले सर्वसाधारणसँग गरेको कुराकानी जस्ताको त्यस्तै :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?