विमानस्थलका महाप्रबन्धक क्षेत्रीसँग स्पष्टीकरण मागियो

    काठमाडौँ–अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।

    विमानस्थलले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र फ्लाई दुबईको जहाजलाई भिन्न भिन्न व्यवहार गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक क्षेत्रीलाई स्पष्टीकरण सोधेको हो ।
    
उडान उल्लङ्घनबारे विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई लिखित रूपमा स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
        
मन्त्रालयले बुधबार कार्यालय समयभित्रै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मार्फत विमानस्थललाई पत्र पठाएको बताइएको छ । विमानस्थलले मङ्गलबार राति दुबईको जहाजलाई विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडान अनुमति दिएको थियो । विमानस्थलको धावन मार्ग मर्मतका लागि यही चैत १८ देखि राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?