शालिकरामले भने -विप्लवलाई चन्दा नदिनुस्

 काठमाडौं– प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले गरीब नेपालीको पैसाले चन्दा बाँड्ने काम भएको बताएका छन् ।

    मानव बेचबिखन रोकथामकाबारे रेडियो बुलेटिनद्वारा आयोजित कार्यक्रममा मन्त्री जमकट्टेलले फाटेको लुगा र चप्पल लगाएर कार्यालय आउने जनतासँग घुस खाएर, विद्रोहको नेतृत्व गरेका विप्लव समूहलाई चन्दा दिने काम भएको दाबी गरे ।

    आफूले कर्मचारीलाई विप्लवलाई चन्दा नदिन सुझाव दिने गरेको भन्दै जनतासँग घुस नखान पनि सुझाव दिने गरेको बताए ।
 “अझ केही कर्मचारीले विप्लवलाई चन्दा दिनु बाध्यता छ भन्नुहुन्छ, कस्तो बाध्यता हो त्यो ? घुस नखानुस्, चन्दा नदिनुस्”, उनले भने ।  जनतालाई हरेक क्षेत्रमा सहज पहुँच दिने हो भने मानव बेचबिखन तथा ओसारपसारविरुद्ध आफैँ चेतना जाग्ने उनको भनाइ थियो ।

    हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले मानव बेचबिखनको परिवर्तित तौरतरिकाका बारेमा सजग हुनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?