बीस वर्षमुनिका चार सय किशोरी गर्भवति


लोकपथ
प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ११:०५

 –दीपक बोहरा लमही ।  तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छैन । 

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका छन् । 

यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताउनुभयो । “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन्”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको आठ महीनामा ३७५ किशोरी गर्भवती जाँच गर्न आएका छन् ।”साथै चालु आवमा २० वर्ष भन्दामुनिका १७ ले गर्भपतन गराएका छन् ।

त्यस्तै २० वर्षभन्दामुनिका ११ पिल्स, १८३ ले डिपो, ८२ ले इम्पलान्ट, आठ जनाले आइयुसिडी प्रयोग गरेका बताइएको छ । कानूनले महिला र पुरुषको विवाह गर्ने निश्चित् उमेर तोकेको छ । तर नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको यो तथ्याङ्कले देखाएको छ । तुलसीपुरमा बालविवाह न्यूनीकरणका लागि घर–घरमा प्रमुखको पत्र, सचेतनामूलक नाटक, अन्तक्र्रिया, पुजारीलाई सचेतना प्रदान गरेपनि अझै बालविवाह न्यूनीकरणमा कमी हुन नसकेको तथ्याङ्कले देखाएको छ ।  

अस्पतालमा बच्चा जन्माउने बढे

महाशाखाको तथ्याङक अनुसार अस्पताल गएर गर्भवती हुनेको सङ्ख्या भने बढ्दै गएको पाइएको छ । उहाँका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार २८९ जना महिला अस्पताल गएर गर्भवती भएका छन् । सोमा एक हजार ८२सामान्य, १४ को उल्टो बच्चा भएको, भ्याकुममार्फत ११, अप्रेसन गरेर ७७ र जन्मेकामध्ये आठको मृत्यु भएको छ । एकदमै कम तौल ९१।५ केजी० भएका बच्चा पाँचजना जन्मिएका उहाँले बताउनुभयो । 

त्यस्तै उहाँले १.५ केजी देखि २.५ केजी तौल भएका बच्चा ११९ र सामान्य तौल ९२।५ केजिदेखि माथि ० भएका बच्चा एक हजार १६० जन्मिएका बताउनुभयो । साथै उपमहानगरपालिका र अस्पतालले तुलसीपुरमा प्रोत्साहनस्वरुप रु पाँच हजार भत्तावितरण गरेको भए पनि अझै पनि नियमित जाँच गराउन नआउने गरको उहाँले जानकारी दिनुभयो । 

धेरै महिलाले स्तनपान नगराउने तथा उमेर नपुग्दै बच्चालाई खाना खुवाउने गरेको पाइएको समेत उहाँले बताउनुभयो । बच्चालाई दुई वर्षमा २४ पटक तौल जाँच गर्नुपर्ने भए पनि अहिले पनि त्यसो नगरेको पाइएको उहाँको भनाइ छ । साथै उहाँले अहिले उपमहानगरका १९ वटै वडामा स्वास्थ्यको पहुँच भए पनि आवश्यक जनशक्ति नहुँदा समस्या हुने गरेको बताउनुभयो । 

अन्धविश्वासको भर 

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले अझै पनि वैज्ञानिक आधारबिनाको उपचार पद्दतिले जरो गाडिरहेको बताउनुभयो । “अहिले पनि मुटुका बिरामीलाई परेवाको दिशा खुवाउने चलन कायमै छ”, उहाँले भन्नुभयो, “यस्तो उपचार पद्दतिले बिरामीलाई नोक्सान पु¥याउछ ।” अझै पनि थारु समुदायमा गुरुवाले सर्पले टोकेका बिरामीको उपचार गर्ने गरेको उहाँले बताउनुभयो । केही थारु समुदायमा गरिएको सर्वेक्षणमा खानपिनमा ध्यान नदिने, शारीरिक ब्यायाममा ध्यान नदिने गरेको पाइएको डा दाहालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस
तटबन्धले रोकेन नदी कटान

काठमाडौँ। असार र साउन महिनामा बर्सेनि आउने बाढीले मध्य तथा पूर्वी मधेसका अधिकांश

बालुवाटार जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छदार बोले

काठमाडौं–नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका

शिल्पाको नयाँ फिल्म आउँदै

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेट्टीको नयाँ फिल्म आउँने भएको छ । सिनेमाको

‘लभ यु हमेशा’ भदौ २७ गतेदेखी

काठमाण्डौं । चलचित्र ‘लभ यु हमेशा’ भदौ २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ