प्रहरीको दरखास्त फारम वितरण तथा दर्ता कार्यको अवधि थपियो


लोकपथ
प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार ०७:३९

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरिएकोमा फारम दर्ता अवधि थप गरिएको छ । 

उक्त पदहरुमा पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञानपनमा २०७५ चैत २२ गतेसम्म दरखास्त फारम वितरण र दर्ता अवधि तोकिएकोमा पुनस्दरखास्त फाराम वितरण तथा दर्ता कार्य २०७६ वैशाख ११ गतेसम्म थप गरिएको हो  ।  

नेपाल प्रहरीमा योग्य, सक्षम बढी भन्दा बढी उम्मेदवारहरुलाई छनौट प्रकृयामा सहभागी गराउनका लागि सो अवधि थप गरिएको प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारी बैंकमा जागिर खाने हो ? ३ सय ८४ जनाको माग (हेर्नुहाेस् विज्ञापन)

काठमाडौं । कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागिकर्मचारी माग गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजारको निवेदन

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन

देशभरका सरकारी कार्यालयमा वेबसाइट बन्द, सेवाग्राही प्रभावित

काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट नखुल्दा सरकारी सेवा प्रभावित भएको छ । 

ब्रिटिश सेनामा ४ सय ३२ जनाको लागि भर्ना खुल्यो

काठमाडौं । बेलायती गोर्खा सैनिकमा ४ सय ३२ जना नेपाली युवाको लागि भर्ना