रोजगार संयोजकका लागि १० हजारको आवेदन


लोकपथ
प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १६:३३

काठमाडौँ- रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो ।

आज अपराह्न ५ बजेसम्म प्रदेश नं १ बाट दुई हजार २५९, प्रदेश नं २ बाट एक हजार ४२२, प्रदेश नं ३ बाट दुई हजार १२०, गण्डकी प्रदेशबाट ६३२, कर्णाली प्रदेशबाट एक हजार ८९७ र सुदूरपश्चिमबाट एक हजार ५४४ जनाको दर्खास्त परेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ ।

श्रम मन्त्रालयले १० दिनभित्र प्राप्त दर्खास्तमध्येबाट स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पद सङ्ख्याको तीनगुणा बराबर आवेदकको योग्यताक्रमको प्रारम्भिक सूची प्रकाशन गरिने जनाएको छ । प्रारम्भिक छनोटमा परेको व्यक्तिबाट कम्प्युटर प्रणालीबाट परीक्षा लिइनेछ ।

परीक्षा उत्तीर्ण हुने रोजगार संयोजकले स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रबाट बेरोजगार व्यक्तिको सूची सङ्कलन गरी उनीहरुलाई रोजगारीको अवसरसँग जोड्ने छन् ।

प्रतिक्रिया दिनुहोस
घुस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रुपन्देहीमा कार्यरत

चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि छाड्नुपर्छ : उपप्रम पोखरेल

विराटनगर- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेत्रविक्रम चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि

थाइल्याण्डमा १० नेपाली प्रशिक्षार्थीको उद्धार

काठमाडौँ- काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली

कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन : पौडेल

हेटौँडा–नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गर्नुभएको