डिग्री सकेका यूवाको ‘ड्रिम डेस्टिनेसन’ बन्दै कोरिया, यसकारण कामदार मगाउँछ

सामाजिक सञ्जालमा एउटा तस्वीर सेयर भइरहेको छ । (इपिएस) अन्तर्गत कोरिया जानको लागि यूवाहरु रातभर लाईनमा बसे । 

उक्त तस्वीर सेयर गर्दै सामाजिक सञ्जाल प्रयोग कर्ता उपेन्द्र अधिकारीले लेखेका छन्, नेपालीहरु कति मुर्ख मास्टर्स सकेको सर्टिफिकेट बोकेर अनलाई फर्म भर्ने सिस्टम हुँदाहुँदैै रातभर जाग्राम बसेछन् । कतिले त लाईनमा नै खाजा पनि खाए रे । 

कतिपयले सरकारले होनहार यूवालाई विदेश पठाएर गल्ति गरेको भनेका छन्, भने कतिपयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको नेपाल सरकारले ठाडो उल्लंघन गरेको समेत भनेका छन् । यस्ते सुन्दर व्यवस्थामा पनि यूवाहरु विदेशीनू पर्ने । आक्रोशित हुँदै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले थपेका छन्, रेमिट्यान्स थुपारेर मात्रै हुन्छ ? सेवा सुविधा खै नागरिकलाई ? 

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाल र दक्षिण कोरिया सरकारको सहमतीमा सन् २००८ देखि कोरीयाले नेपाली कामदार  लैजाँदै आएको छ । १८ देखि ३९ वर्ष उमेर समुहका नेपाली नागरिकलाई दक्षिण कोरियाले (कृषि र औद्योेगिक ) सेक्टरमा कामदारका रुपमा लैजाँदै आएको छ । यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । अघिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत् ८ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाँने कोरियाले जनाएको छ । आगामी जेठमा सञ्चालन हुने कोरियाली भाषा परीक्षा २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । यस वर्ष कोरियाले ईपिएस परिक्षाबाट अहिलेसम्मकै धेरै विद्यार्थी  कोरिया लैजानको लागि आवेदन खुल्ला गराएको हो । हालसम्म करिब ६० हजार नेपाली कामदार दक्षिण कोरियामा कार्यरत छन् । यद्यपी ईपिएस परीक्षा, पास भएकाहरुमध्ये एक हजार परिक्षार्थी कोरिया जान पाएका छैनन् । 

 के छ कोरियामा ? 

कोरिया एसियाको उत्तर पूर्वमा स्थित भूमी क्षेत्र हो । भूगोल उही भएपनि भू–राजनीतिक हिसाबले कोरिया दुई भागमा विभाजित भएको छ । दक्षिण कोरिया र उत्तर कोरिया । दोस्रो विश्वयुद्ध पछि कोरिया दुई देशहरूमा विभाजित भएको हो । राजनीतिक हिसाबले उत्तर कोरिया कम्युनिष्ट समाजवादी देश हो भने दक्षिण कोरिया प्रजातान्त्रिक पूँजीवादी मुलुक हो । करिब एक हजार जना नेपाली महिला कामदारले कोरियन नागरिकसँग विवाह गरी बसेको पनि पाइन्छ भने विवाह गरी उतै घरजम गर्ने पुरुषको संख्या कम छ ।  इतिहासको पाना पल्टाउने हो भने ८० वर्षअगाडि दक्षिण कोरिया र नेपाल बराबर आर्थिक हैसियतमा थिए । तर, अहिले नेपाल र कोरियाबीचमा रहेको खाडल झनै गहिरो बनेको छ । किनकी कोरिया नेपालबाट स्वस्थ्य जुझारु बलिया १० हजार हाराहारीमा यूवा  कामदारहरुलाई आफ्नो देशमा लैजान्छ । विश्व अर्थतन्त्रमा सम्पन्न र शक्तिशाली भनिएका धनाढ्य देशमध्ये दक्षिण कोरिया एक हो । 

 कोरियाले गरेको यो अभूतपूर्व आर्थिक क्रान्तिको यतिबेला विश्वले खुलेर प्रशंसा गरेको छ ।  प्रशस्त उद्योग कलकारखाना, कृषिको व्यवसायिकरण, साना तथा मझौला उद्योग, कृषि, मत्स्यपालन, निर्माणलगायत क्षेत्रको चमत्कारीक विकासले गर्दा आफ्ना देशमा जनशक्तिको अभाव भएका कारण उसले नेपाली कामदारको माग गर्छ ।    

कृषि क्षेत्रअन्तर्गत अन्नबाली उत्पादन गर्ने काम तथा पशुपालन र कृषिजन्य व्यवसायमा सहयोगीको रूपमा नेपालीहरू पुग्ने गरेका छन् । त्यसअन्तर्गत अन्न उत्पादन, बगैचा, च्याउ, फलफूल, सागपात, बिउ उत्पादनलगायत काम पर्छन् । 

पशुपालनमा गाईबाच्छा, सुंगुर, घोडा, कुखुराको स्याहार लगायत पश्पालनसँग सम्बन्धित कामहरु छन् । 

उत्पादनमूलक क्षेत्रमा मजदुरले विषेश गरी खाना, सुर्तीजन्य पदार्थ, काठका बस्तु, कागज, कागजका सामाग्री, केमिकल, तेलजन्य पदार्थ, जुट, प्लास्टिक, मेसिनरी पाटर्पूजा, एसेसरिजहरु उत्पादन गर्ने उद्योगमा काम गर्नुपर्ने हुन्छ ।

अनलाईन भर्सेस लाईन !

शुक्रवारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएसँगै यूवाहरुको तँछाडमछाड गर्दै लाईनमा बसेको देखिएको छ । मास्टर्स पढेका यूवाहरु समेत कोरिया जाने लाईनमा छन् । देशको राजनीतिक व्यवस्था फेरिएपनि आफूहरुको अवस्था जहाँको त्यही भएको भन्दै उनीहरुले यस्तो निर्णय लिन बाध्य भएको प्रतिक्रिया दिए । जे जस्ता प्रतिक्रिया आएतापनि नेपालमा घोकन्ते शिक्षा भएका कारण पनि उनीहरु व्यवहारीक ज्ञानमा चुकेको प्रष्ट हुन्छ ।  

भाषा परीक्षाका लागि शुक्रवारदेखि १७ गतेसम्म आवेदन अनलाईन मार्फत नै भर्न सकिने भएतापनि यूवाहरु रातभर नसुति  आवेदन दर्ता गर्न पुगेका हुन् । चौबिस अमेरिकी डलर परीक्षा शुल्क तिरेर फाराम दर्ता गराउने दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखा)बाहेक जुनसुकै शाखा र आइएमई–पे तथा इ–सेवामार्फत बुझाउन सकिने जानकारीमूलक मिडिया समाग्री प्रकाशन भएतापनि यूवाहरुको भिड अनलाईन छोडेर लाईन लाग्नै मै तम्सेको छ । 

अध्ययनका लागि पनि…

कतिपय नेपालीहरु उच्च शिक्षाका लागि र अनुसन्धानात्मक कोर्स पूरा गर्नको लागि पनि दक्षिण कोरिया पुगेका छन् । विशेषत स्वास्थ्य, विज्ञान, प्रविधि र इन्जिनियरिङ अध्ययनका लागि कोरियालाई  ठूलो अवसरको रुपमा लिन्छन् विद्यार्थीहरु । 

बढ्दै छ : तलब र सुविधा 

यसैबची कोरीयामा कार्यरत एक तिहाई नेपाली यूवावर्गमा डिप्रेसनको समस्या देखिएका कारण नेपाल सरकारले कामदारको ४ वर्षेसमयावधिमा बीचमा एकपटक उनीहरुका अभिभावकलाई कोरिया जान पाउने व्यवस्था मिलाउन कोरियासँग छलफल गरिरहेको छ । घर परिवारको न्यास्रो र नौलो वातावरणमा एडजस्ट हुन नसक्दा उनीहरु आत्महत्या गर्नसम्म तयार हुन थालेका छन् । 

लगातार काम गर्नुपर्ने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार त्यहाँ जान पाएपछि आत्महत्या लगायतका समस्यमा कमी आउँने दाबी ईपीएस अधिकारीहरुको छ । यसबारे प्रक्रिया अघि बढीरहेको बुझिएको छ ।  

दक्षिण कोरीयाले कामदारको तलब वृद्धि गरेको छ । वृद्धि भएको तलब सन् २०१९ मा ईपीएस मार्फत रोजगारीमा जाने नेपाली कामदारहरु पनि पाउने छन् । कोरियामा तलबवृद्धि पछि कामदारहरुले प्रतिघण्टा ८ हजार ३ सय ५३ वन पाउनेछन् । यसअघि मासिक तलब ७ हजार ५ सय ३० वन थियो । वृद्धिपछि मासिक तलब १ लाख ६८ हजार रुपैयाँभन्दा बढी पाउने छन् । यो तलब वृद्धि विगत एक दशक यताकै धेरै उच्च हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?