प्रचण्डलाई ‘टेररिस्ट’ भन्दै कसले गर्‍यो उजुरी दर्ता ?

काठमाडौं । अमेरिकामा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी दर्ता भएको छ । 

पत्नी सिता दाहालको उपचारका लागि अमेरिकामै रहेको बेला उनीविरुद्ध केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय व्युरोमा उजुरी दर्ता गराएका हुन् । 

युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डलाई प्रख्यात  आतंकवाद भनिएको छ ।

प्रचण्डको नेतृत्वमा भएको युद्धमा १७ हजार नेपालीको मृत्यु भएको उनले व्यूरोलाई पठाएको उजुरीमा उल्लेख गरेका छन् । अमेरिकाले आतंकवादलाई माफ नगर्ने र मानवीय कानूनमा प्रतिवद्ध रहेको उनले स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?