छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

रुकुम पश्चिम । प्रहरीले बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

सानाी भेरी गाउँपालिका बस्ने ३४ वर्षीय बुबा पुरुषलाई छोरी बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

१७ वर्षीय छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । 

‘शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरी परेको हो’ उनले भने । 

श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगइ साथीकै घर बसेको अवस्थामा बुबाले छोरीलाई घर लैजान भनि जबरजस्ती घर लैजाने क्रममा बाटोमा पर्ने अर्कै व्यक्तिको गोठमा जबरजस्ती गरेको पीडित किशोरीले प्रहरी समक्ष बताएकी छन् ।

किशोरीको उक्त उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?