लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार पदमा भर्ना खुलायो

काठमाडौं– लोकसेवा आयोगले राजपत्र अतंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहको पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार धनकुटा, इलाम, खोटाङ, जलेश्वर काठमाडौ, हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला , दीपायल र महेन्द्रनगर कार्यालयका लागि छुट्टाछुट्टै सेवा, समूह तथा उपसमूहमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत १९ गतेभित्र तोकिएको नियमअनुसार आवेदन दिनुपर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?