बसमा लागु औषध पोखरातर्फ लैजाने एक जना प्रहरीको फन्दामा

काठमाडौं– जिल्ला प्रहरी कार्यालय तनहुँले ३५२ थान लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा४ख ७७१४ नम्बरको बस चेकजाँच गर्दा  कास्की पोखरा महानगरपालिका वडा नं १६ अमरदिप बस्ने मिलन गुरुङको साथबाट ३५२ थान लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले गुरुङले झोलाभित्र लुकाएको अवस्थामा २ एमएलको डाइजेपाम लेखिएको तरलपदार्थसहितको शिशी १२१ थान, र फेनरागन २ एमएलको तरल पर्दासहितको शिशी १२० थान र नूपिन लेखेको २ एमएलको तरलपदार्थसहितको १११ थान गरी जम्मा ३२५ थान लागू औषध फेला परेको जानकारी दिए ।
गुरुङलाई पक्राउ गरी लागु औषध मुद्धामा अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैबीच सवारी दुर्घटना न्युनीकरण र राजमार्गमा सवारी साधन प्रयोगबाट हुने अपराधिक कृयाकलापको रोकथाम गर्ने उद्देश्यका साथ गरिएको चेकजाँचका क्रममा  नियमको उल्लंघन गरी सवारी चलाउने ३२ जना चालकहरुलाई तनहुँ प्रहरीले कारबाही गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?